नेकपाका नेताले दिए तीन सय पत्रकारलाई मास्क, सेनिटाइजर र प्रेस ज्याकेट !



ललितपुर, चैत २६ । नेकपाका नेताले उपत्यकाभित्रका पत्रकारलाई प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण गरेका छन् । आज नेकपा प्रदेश कमिटि सदस्य शिवप्रसाद कट्टेल र नेकपा ललितपुरका कार्यालय सदस्य सरोज डंगोलले काठमाडौं, ललितपुर र भक्तपुरका प्रेस संगठन नेपाललाई तीनसय सेट हस्तन्तरण गरेका हुन् । देश लकडाउन भएको र पत्रकारहरु फ्रन्टलाइनमा बसेर रिपोटिङ गर्न अप्ठारो भएको महसुस गरेकोले ज्याकेट लगायतका सामग्री हस्तान्तरण गरेको नेता शिव प्रसाद कट्टेलले बताए ।

पत्रकारलाई आवश्य भएको ज्याकेट लगायतका सामग्री प्रदान गरेकोले आफूलाई थप जिम्मेवारी महसुस भएको प्रेस संगठन नेपाल काठमाडौंका अध्यक्ष सागर पन्तले बताए । सो अबसरमा प्रेस संगठन नेपाल ललितपुर, काठमाडौं, भक्तपुरको संयोजक, सहसंयोजक, उपत्यका प्रदेश समिति सदस्य प्रविन कुमार चौधरी, प्रकृति नेपाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार