जापानमा आपतकालको समयमा के चल्ने के नचल्ने ?



टोकियो । प्रधानमन्त्री सिन्जो आबेले जापानका विभिन्न प्रान्तहरुमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् । कोरोना भाइरसको बढ्दो प्रकोपलाई रोक्ने प्रयास स्वरुप जापानका ७ प्रान्तहरुमा आपतकालको घोषणा गरिएको हो । मंगलबार साँझ प्रधानमन्त्री सिन्जो आबेले राजधानी टोकियो सहित साइतामा, चिबा, कानागावा, ओसाका, ह्योगो तथा फुकुओका प्रान्तमा आपतकालिन अवस्थाको घोषणा गरेका हुन् ।। योसंगै जापानका विभिन्न क्षेत्रहरुमा सेवा दिइरहेका संस्थान तथा कम्पनीहरु बन्द हुने र खुल्नेबारे धेरैको चासो छ । यो जानकारी वहाँहरुकै लागि हो ।

यतायात तर्फ
– टोकियो वरपरको ट्रेन र बस र ट्याक्सीहरु सुचारु रुपमा चल्नेछन्।
– हवाइजहाज र सिन्कानसेन यात्रुको चापहेरी क्यान्सिल पनि हुन सक्नेछन् ।
– निजी सवारी तर्फ कुनै रोकतोक लगाइने छैन ।
– नारिता बिमानस्थलको बिल्डिंग लगायत रनवे सुचारू रहन्छन् ।

ड्राइभिङ लाइसेन्स नवीकरण
– संक्रमण भएको वा हुनसक्ने सम्भावनाले गर्दा नविकरण गर्न जान नसक्ने अवस्थामा जाँच नदिइ नविकरण गर्ने अवधी तोकिएकोले जानकारीको लागी होमपेज हेर्नुहोला ।

औषधी पसलहरु
– माचुमोतो कियोसीले कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
– चुरुहा धेरै जसो पसल कम समय खोल्नेछ ।
– वेलसिया कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
– सानड्रग कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
– सुगी कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
– कोसुमोसु याक्कयोकु कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।

सुपर मार्केट
– इयोनले सधैंजसो नियमित खोल्नेछ ।
– इतोयोकादो सधैंजसो खुल्नेछ ।
– सेइज्योइसिइ बिल्डिङ खुलेमा त्यहिअनुसार बन्द वा कम समय खुल्नेछ ।

समिट ९० प्रतिशत पसलहरु सधै भन्दा चाँडो बन्द हुने ।
– इनागेया सधैंजसो खुल्ने अन्य विल्डिङग भित्र भएकोमा त्यहि अनुसार गरिनेछ ।
– लाइफ सधैंजसो खुल्नेछ ।
– कोपु मिराइ सधैंजसो खुल्नेछ ।
– ओके सधैंजसो खुल्नेछ ।

कोन्बिनीहरु
– सेबेन इलाबेन, फ्यामिलि मार्ट, लसन लगायतका कन्भिनियन्स स्टोरहरु सधैजसो खुल्नेछन् ।

डिपार्टमेन्टल स्टोरहरु
– मिचुकोसि निहोनबासि, गिन्जा, एबिसु (तारिक बाट अनिस्चितकाल बन्द)
–इसेतानको सिन्ज्युकु, ताचिकावा, उरावा (तारिक बाट अनिश्चितकालका लागि बन्द)

यसका साथसाथै खानेकुरा बेच्ने पहिलो तला वा अन्डरग्राउन्ड तला मात्र खुल्नेहरु पनि छन् ।

बैंक
– एटिएमः ठूला बैंकहरु, टोकियो, कानागावा, चिबा र साइतामामा मुख्यालय भएका बैंकहरु खुल्ने ।
– एटिएम रहेका बिल्डिङग बन्द भएमा सोहि अनुसार बन्द हुने
– अनलाइन बैंकिग सुचारु रहने ।
– बैंकको सेवा पनि सुचारु हुने तर सरकारको अनुरोधमा साना शाकाहरु बन्द गर्न सकिने

सञ्चार
– मोबाइलको मुख्य ३ प्रदायकले सदा झै सञ्चार सेवा प्रदान गर्ने
– ल्यान्डलाइन र इन्टरनेट सेवा प्रदायकले पनि सदाझै सेवा प्रदान गर्ने

ताक्युबिन
– यामातो, सागावा, जापान पोष्टले सदाझै सेवा दिने

होइकु, रोजगार
– होइकु(किन्डर गार्टेन) हरु अवस्था हेरेर बन्द वा थोरै मात्रामा सन्चालन
स्वास्थ्य सेवा तथा एकल अविभावक हरुको लागी छुट्टै व्यवस्था गर्ने तयारी
– हलोवर्क रोजगारीको लागी परामर्स गर्ने ठाउँमा समय कम गरिने हुदाँ फोन गरेर सोध्न अनुरोध गरिएको छ ।

स्वास्थय, हेरचाह
स्वास्थ्य सेवामा कुनै रोक नलगाइएकोले, अस्पताल जानै पर्ने मान्छेले जादाँ हुने तर अनलाइन बाट पनि डाक्टर संग परामर्श गर्न सकिने ।
– दिवा हेरचाह केन्द्र जस्ता वृद्धबृद्धाहरुको सेवामुलक संस्थाको सञ्चालनमा गभर्नरले क्षेत्रीय रुपमा बन्द गर्न सक्ने तर बन्द गराएमा बैकल्पिक बाटो दिनु पर्ने ।
– अरुको साहारा आवश्इक पर्ने वा घरमै गएर सेवा दिनु पर्ने हरुको सेवा बन्द नहुने

स्वास्थ्य वीमा
निहोन सेइमेइ, दाइइची सेइमेइ, मेइजी यासुदा सेइमेइ, सुमितोमो सेइमेइले संक्रमणले अस्पताल भर्ना वा होटेलमा वा घरमा बस्नुपर्ने हरुको लागी सेवा सुचारु गर्ने ।

अदालत
संकटकाल घोषणा भएको क्षेत्रमा भएका मुद्दा हरुको सुनुवाइ पछी सारिने

श्रोतः एनएचकेमा प्रकाशित जानकारीका आधारमा जिज्ञान कुमार थापाले तयार पार्नुभएको ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार