पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफ’बीआईको छा’पा



पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफ’बीआईको छा’पा

काठमाडौँ -अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा त्यहाँको संघीय अनुसन्धान ब्यूरो (एफ’बीआई) ले छा’पा मा’रेको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवास केहीबेर एफबीआईले कब्जामा लिएको ट्रम्पले विज्ञप्ति जारी गर्दै बताएका छन् । ट्रम्पले एफबी’आईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर निय’न्त्रणमा लिएको बताएका छन्।

गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी छ । त्यसै क्रममा आफूले सहयोग गर्दा गर्दै अनाधिकृत रुपले एफ’बीआईले निवासमा छा’पा मारेको उनको गुनासो छ। उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्य’न्त्र भइरहेको समेत जिकिर गरे।

ट्रम्प राष्ट्रपति भएको बेला सरकारी दस्ताबेज दुरुपयोग गरेको विषयमा ए’बीआ’ईले छा’पा मा’रेको बीबीसीले जनाएको छ। फ्लोरिडाको घरमा एफ’बीआईले छा’पा मार्दा पूर्वराष्ट्रपति ट्रम्प न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार