लाइसेन्सको परीक्षा केन्द्र फेरियो



शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षा केन्द्र परिवर्तन गरेको छ ।

आगामी साउन २८ गते सञ्चालन हुने निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको निम्ति कैलाली जिल्लामा राखिएको परीक्षा केन्द्र परिवर्तन गरिएको हो ।

यसअघि कैलालीको केन्द्र नम्बर ७२६ थ्री स्टार इङ्लिस बोर्डिड स्कुल (ख) तोकिए पनि गत २० गतेको बैठकले परीक्षा केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार शारदा माध्यमिक विद्यालय वैयावेहडी (ग) लाई परीक्षा केन्द्र कायम गरिएको आयोगले जनाएको छ । उक्त केन्द्रमा सहभागी हुने परीक्षार्थीहरुको रोल नम्बर ३८७२०००६८८६ देखि ३८७२०००७१४० सम्म रहेको छ । केन्द्रमा दुई सय ५५ जना परीक्षार्थी छन् ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार