
मकवानपुर | दुध ढुवानी सेवा टाँसेर अवैध मदिरा ओसार्ने एक अटो रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान मकवानपुरकाे सामरीबाट हेटौंडा जाँदै गरेको ना १ ह ५३८१ नम्बरको रिक्साबाट प्रहरीले अवैध मदिरा बरामद गरेको छ । दुधकाे ३ वटा खाली क्यान राखेर अन्य ६ वटा जर्किनमा अवैध मदिरा ओसारपसार गरिरहेकाे अवस्थामा मकवानपुर प्रहरीले रिक्सालाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार