एम्बुलेन्स चालकलाई नि:शुल्क पिपिई बाँड्दै महावीर पुन



राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई पिपिई उपलब्ध गराउने भएको छ। एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि केन्द्रका अध्यक्ष महावीर पुनले पिपिई उपलब्ध गराउने बताएका हुन्। ‘काठमाडौंमा हुनुभएका एम्बुलेन्स चालकहरूले लाइसेन्ससहित एम्बुलेन्स नै लिएर आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आउनुहोला,’ पुनले भनेका छन्, ‘आज सोमबारदेखि पिपिई उपलब्ध गराउँछौं।’ काठमाडौं उपत्यकाभित्रका एम्बुलेन्स चालकलाई एक थानका दरले नि:शुल्क पिपिई उपलब्ध गराउने उनले बताएका हुन्। ‘पिपिई लगाएर जानुहोस्, बिरामी बोक्नुहोस्,’ उनले भनेका छन्।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार