दाँत पहेलो भएर तनावमा हुनुहुन्छ भने अब दुई मिनेटमै घरेलु उपायबाट चम्किलो बनाउनुहाेस् आफ्नाे दाँत, यस्ताे छ तरिका



teeth

अहिलेको जनरेसनमा पहेलो दांत हुनु सामान्य कुरा हो यो आज धेरै को समस्या पनि भएको छ । आज हामि तपाइलाई दाँतको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ जुन यश प्रकार रहेको छ

१. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

२. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने किराहरूलाई नष्ट गर्ने शक्ति रहेको छ । यो प्राकृतिक एंटीबयाक्टीरियल और एंटीसेप्टिक हो । दिनहु नीमको काठ, निमको सानो हाँगाले दाँत सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।

३.केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस । यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ । चुरोटको सेबन गर्ने गर्नाले पनि दाँत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दाँत पहेलो हुन्छ ।

४. तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दाँत को पहेलोपना हटेर चमक आउन थाल्छ।

५. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ ।

६. हाम्रो गाउँघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

७. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ । गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो सँग सफा गर्न मद्त गर्दछ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार