
जिउँदै आमालाई मरेको भन्दै सवारी पास बनाएर रकम उठाउनेलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीका शुभनारायण चाैधरीले आमाको मृत्युु भएको भन्दै काजकिरियामा जान ललितपुर जिल्ला प्रशासन कार्यालयबाट पास बनाए । काजकिरिया जाने नाममा पास बनाएर ३० जनाबाट प्रतिव्यक्ति २ हजार रुपैयाँ असुली गरेको प्रहरीले थाहा पाएसँगै नियन्त्रणमा लिएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ८ महाेलियाका चाैधरीले प्रदेश ३–०१–००५ ख ९१९८ नम्बरको बसको पास लिएका थिए । पास दुरुपयोगकाे आशंकामा प्रहरीले साेधपुछ गर्दा पैसा उठाएको पत्ता लागेसँगै प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । बससँगै प्रहरीले सवारी पास लिएका शुभनारायण चाैधरी, गाडी धनी इन्द्रदेव यादव र रकम उठाउने जितेन्द्र प्रसाद चाैधरीलाई पक्राउ गरेको छ । झुटाे व्यहाेरामा सवारी पास बनाएकोले उनिहरुलाई नियन्त्रणमा लिईएकाे महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।