एक्लिँदै बाबुराम, नयाँ शक्तिदेखि नै साथ दिएका प्रशान्त सिंहले पनि छाडे साथ



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका विस्वासिलो पात्र प्रसान्त सिंहले अगामी सहकार्य टुंगिएको घोषणा गरेका छन् । सिंह भट्टराईको राजनीतिक रुपमा विस्वासिला पात्र हुन् । उनी भट्टराईले नयाँ शक्ति गठन गर्दादेखि नै साथ दिइरहेका नेता हुन् ।

सिंह जनता समाजवादी पार्टीमा रहँदा केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर अब नयाँ पार्टी गठनको पूर्वसन्ध्याबाट भने उनी बाबुराम भट्टराईसँगको राजनीतिक यात्रा टुंग्याउने पक्षमा पुगेका हुन् ।

उनले सामाजिक संजाल बाबुराम भट्टराईसंग राजनितिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गरेका छन् । उनले हालसम्मको राजनीतिक यात्रामा साथ दिने भट्टराईसहित अन्य समकालीन सहकर्मीहरुलाई धन्वाद दिएका छन् ।

‘उहाँ तथा मेरा अग्रज तथा समकक्षीहरु द्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारी पूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु। म डा.भट्टराईद्वारा निर्मित भइरहेको नया पार्टी (सम्भवतः नेपाल समाजवादी पार्टी) मा नबस्ने निर्णयमा पुगेको छु। आउने दिनहरुमा नेपाल भित्र ‘सफा’ र परिणाममुखी राजनीतिको निर्माण तथा विकासमा म आफ्नो बल र क्षमताले पुगे सम्मको प्रयास गरी रहनेछु। धन्यवाद !’ डा.भट्टराईले नयाँ शक्ति बनाएदेखि सिंहले महत्त्वपूर्ण जिम्मेवारीमा रहेर सहयोग गर्दै आएका थिएँ’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार