मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु



मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु

नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तु सन् २०२१ को फेब्रुअरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा काम गर्न प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ ।

समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको

टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमान छ ।’ उनले अगाडि भने, ‘हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन ।’ भग्नावशेषको बन्डल पहिलो

पटक रोभरको अगाडिको बायाँ जोखिम बचाव क्यामेराले जुलाई १२ मा फेला पारेको थियो । तर चार दिनपछि पर्सेभरेन्स त्यही स्थानमा फर्किएपछि त्यो हराएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार