काठमाडौं क्षेत्र नम्बर ५ मा सहमहामन्त्री महतले वितरण गरे मास्क



काठमाडौं चैत २२ | नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण हुन नदिन आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर पाँचका सबै वडाहरुमा मास्क वितरण गरेका छन। उनले आफ्नो ब्यक्तिगत पहलमा आज काठमाडौं क्षेत्र नम्बर पाँचका कांग्रेसका वडा सभापतिहरू मार्फत मास्क वितरण गरेका हुन। मास्क वितरण गर्दै कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारले मास्क लागाएत कोरोना संक्रमण बाट बच्ने कुनैपनी सामाग्री वितरण नगरेकोमा दुख व्यक्त गरे। उनले स्वास्थ्य सामाग्री तथा मेडिकल मास्कहरु तत्काल सबै जनतालाई वितरण गर्न पनि आग्रह गरेका छन। कोरोनाबाट बच्ने समय अझै पनि भएको भन्दै कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारलाई तनमन लगाएर कोरोना रोकथाममा लाग्न आग्रह समेत गरेका छन।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार