कोरोना बियरको उत्पादन बन्द



एजेन्सी,चैत २२- कोरोना बियरको उत्पादन मेक्सिकोमा अस्थायी रुपमा बन्द भएको छ । चर्चित पेय कोरोना बियरको उत्पादक ग्रुपो मोदेलोले कोरोना भाइरसको महामारीका कारण तत्कालका लागि मेक्सिकोमा उत्पादन बन्द गरिएको जनाएको सिएनएनले उल्लेख गरेको छ । कम्पनीले ट्वीटरमा वक्तव्य जारी गरी मेक्सिको सरकारले अत्यावश्यक नरहेको व्यवसायहरु बन्द गर्न भनेकाले कोरोना बियरको उत्पादन रोक्ने निर्णय गरिएको उल्लेख गरेको हो । सो कम्पनीले मोदेलो र प्यासिफिको बियर पनि उत्पादन गर्दै आएको छ । मेक्सिकोमा १५ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म ५० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार