वैदेशिक रोजगार विभागकै नक्कली विभागको लेटरहेडमा जर्मनी र क्यानडाको नक्कली डिमाण्ड
काठमाडौं : वैदेशिक रोजगार विभागले नक्कली हस्ताक्षरको आधारमा जर्मनी र क्यानडामा आकर्षक वैदेशिक रोजगारी दिने भन्दै भ्रममा पार्न खोजिएको बताएको छ ।
विभागले निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भुसालको नक्कली हस्ताक्षर गरी जर्मनी र क्यानडामा आकर्षक वैदेशिक रोजगारी दिने भन्दै सामाजिक सञ्जालमा गलत सूचना राखिएको भन्दै सचेत हुन आग्रह गरेकोे छ ।
विभागले शुक्रबार विज्ञप्ति जारी गरी विभागको लेटरहेड र सूचना अधिकारी निर्देशक कृष्ण प्रसाद भुसालको हस्ताक्षरसमेत दुरुपयोग गरी जर्मनी र क्यानडामा कामदार पठाउने किर्ते सूचना सामाजिक सञ्जालमा
देखिएको तर विभागबाट त्यस्तो सूचना प्रकाशित नभएको हुँदा उक्त कपोकल्पित सूचनाको भ्रममा परी कारोबार नगर्न आग्रह गरेकोे छ ।
विभाग केही महिनायता वैदेशिक रोजगारका नाममा म्यानपावर कम्पनीसँग हुबहु मिल्ने कम्पनी खोलेर अमेरिका, क्यानडा तथा यूरोपियन मुलुकमा रोजगारी दिलाउने भन्दै करोडौं
रकम ठगी गर्ने व्यक्ति तथा समुहको विरूद्धमा केन्द्रित भइरहेको छ । सोही समयमा विभागका निर्देशकको नामको नक्कली हस्ताक्षरित मागपत्र सामाजिक सञ्जालमा आएको हो । मध्यान्ह डेली बाट