
श्रीलंकाको प्रधानमन्त्री निबासमा प्रदर्शनकारीको मोजमस्ती, कोही खाना पकाउँदै, कोही क्यारम खेल्दै !
एजेन्सी । श्रीलंकाका राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै शनिबार मध्य कोलम्बोको फोर्ट क्षेत्रमा रहेको राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए ।
विक्रमासिङ्घेको क्याम्ब्रिज प्लेसस्थित घरमा शनिबार आक्रोशित प्रदर्शनकारीहरूको समूह घुसेको थियो। प्रधानमन्त्री निवासबाट तस्बिरहरु बाहिर आएका छन् जसमा प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासभित्र खाना पकाउँदै गरेको देखिन्छ ।
अर्को भिडियोमा, प्रदर्शनकारीहरू श्रीलंकाका प्रधानमन्त्रीको आधिकारिक निवास ‘टेम्पल ट्री’ भित्र क्यारम खेलिरहेको देखिन्छ, जबकि कोही आरामसँग सुतिरहेका छन् तथा कोही परिसर वरिपरि घुमिरहेका छन्।
आर्थिक संकटबाट आक्रोशित प्रदर्शनकारीको भीडले श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आक्रमण गरेको थियो ।प्रधानमन्त्री निवासमा खाना बनाउने विषयमा एक प्रदर्शनकारीले भने,
‘खाना पकाउन थालिसकेका छौं, प्रधानमन्त्री निवासभित्रै छौं । हामीले प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति राजापाक्षेको राजीनामाको लागि लड्यौं। उनीहरुले राजीनामा दिएपछि मात्रै छाड्छौँ ।