प्रचण्ड र बाबुरामबीच भेटवार्ता, माओवादी प्रवेशको सम्भावना कति ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको छ ।

पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष भट्टराइले दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । पूर्व माओवादीहरूबीच एकताको प्रयास भैरहेका बेला प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवासमै यसअघि दुईपटक छलफल भैसकेको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार