कोञ्ज्योसोम गाउँपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पुरा तलब दिने



ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोके बमोजिमको तलब दिने भएको छ । आगामी आर्थिक बर्षको बजेटमा इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब केन्द्रले तोके बमोजिम दिने तयारी गरिएको गाउँपालीका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए ।

उनले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । उनले भने,‘ विद्यालय कर्मचारी र इसीडी शिक्षकलाई केन्द्र सरकारले तोकेको तलब दिन्छौं। यसका लागि शिक्षक कर्मचारीले गाउँ शिक्षा समितिले निर्णय गरेको समयसम्म सेवामा बस्नुपर्छ।’

कोञ्ज्योसोम गाउँपालिकाले आज ४७ करोड बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार