हामीले तमासा गर्दा स्वतन्त्रहरुले मौकाको फाइदा उठाए : आरजु देउवा



काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टीभित्र तमासा हुँदा स्वतन्त्रहरु अगाडि आएको बताएकी छन्। नेपाली काँग्रेस पर्वतद्वारा आयोजित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमा उनले पार्टी भित्र झगडा हुँदा स्वतन्त्रहरुले फाइदा उठाएको दाबी गरिन्।

‘हाम्रो तमासले गर्दा स्वतन्त्र अगाडि आए । आफू–आफू झगडा गरेपछि अरुले फाइदा लिन्छ,’ उनी भन्छिन्, ‘हामी मिल्नुपर्छ । भोलि चुनावमा जित्ने कुरा गरिरहेका छौं । त्यसका लागि घर बलियो बनाउनुपर्छ ।’

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार