
काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोलेका छन्। उनले आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्।
अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए । पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए ।
तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए। नेपालमा अहिले संसदीय प्रणाली छ । संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ ।
लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’