वामदेवको ठोकुवा – ‘एसपीपी सम्झौता केपीले नै गरेका हुन्’



काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हालको विवादित अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदैखेरी नै भएको आरोप लगाएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्रियसभा बैठकमा उक्त सम्झौता ओलीले नै अघि बढाएको जिकिर गरे । तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको तर ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको अध्ययनले देखाएको उनले उल्लेख गरे ।

हाल एमाले तथा केपी ओलीले यो सम्झौता शुशील कोइरालले गरेको भनेर तथ्यहीन तर्कगरिरहेको उनले आरोप लगाए । गौतमले ओलीप्रति लक्षित गर्दै आफू नै प्रधानमन्त्री रहेको बेला भएका सम्झौतालाई आफ्नो संलग्नता नरहेका भनेर भन्न गौरजिम्मेवार भएको बताए ।

शुशील कोइराला नेतृत्वको सरकारका बेला आफू पनि सरकारमा रहेको बताउदै उनले त्यो कालमा यो सम्झौता नभएको स्पष्ट पारे । कोइरालाले त्यो समयमा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका कुनैपनि निर्णय आफ्नो सल्लाहविन नगरेको उनले बताए ।

‘कोइराला नेतृत्वको सरकारमा म पनि संलग्न थिएँ । मैले उहाँसँग कहिल्यै मत बझाइन र उहाँले मसँग सल्लाह नगरी केही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका निर्णय गर्नुभएन,’ गौतमले भने ।हालको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी सम्झौताबारे संसदमा जवाफ दिनुपर्ने गौतमको भनाइ छ ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार