काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा माल्टाका तिमल्सिनाको मृत्यु



काभ्रे । काभ्रेकाे खानीखोला गाउँपालिका–४ पुरानागाउँमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी बागमती गाउँपालिका २ ललितपुरका अन्दाजी ५८ बर्षीय रामप्रसाद तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनकानुसार दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको उपचारको लागि धुलिखेल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो । काठमाडौंबाट केन्द्रीय विद्युत प्रसारण लाइनको तार लिई खानीखोला गाउँपालिका–३ मा पु¥याई फर्कने क्रममा वडा नं. ४ स्थित पुरानोगाउँमा बा ३ ख ५६२४ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार