अभिनेता पल शाहको मुद्दामा बहस सकियो, अब के हुन्छ ?



काठमाडौं । मोडल एवं अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्धामा उच्च अदालत पोखरामा बहस सकिएको छ । जिल्ला अदालतले अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

अब अदालतले आजै अभिनेता शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । आज भएको सुनवाइमा ‘पीडित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए ।

त्यस्तै अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अब बहस सकिएकाले आजै न्यायधीशले आदेश सुनाउने छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार