प्रचण्ड ओलीसँग मिल्ने हो कि भन्ने डरले देउवा चुनाव छिटो गराउन चाहन्छन् : गजुरेल



काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो कात्तिक मसान्तभित्र सङ्घ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको बताएका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सङ्घ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने हो कि भन्ने डरले पनि प्रधानमन्त्री देउवा त्यो चुनाव छिटो सम्पन्न गराउने पक्षमा रहेको तर्क गरे । उनले भने, ‘शेरबहादुर देउवा अर्को चुनाव चाँडै गर्ने पक्षमा हुनुहुन्छ, कात्तिक मसान्तसम्म चुनाव गरिसक्ने उहाँको योजना छ ।किनभने गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गइहाले भने चुनाव जितिँदैन भन्ने डरले देउवा चुनाव ढिला गर्नु नहुने पक्षमा हुनुहुन्छ । ’

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार