
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गरेको छ । पुरानो अनलाइन आवेदन व्यवस्थापन प्रभावकारी नभएपछि बन्द गरेर नयाँ अनलाइन आवेदन प्रणाली सहित आजबाट सेवा सुरु हुन लागेको हो । विभागका अनुसार साँझ ६ बजे देखि सेवाग्राहीले विभागको वेबसाइट मार्फत अनलाइन आवेदन दिने व्यवस्था सुरु भएको छ ।
यो भन्दा अगाडि दिइएका आवेदनहरू रद्द हुने भएकाले पुन आवेदन दिन विभागले आग्रह गरेको छ । पहिले आवेदन दिएका मध्ये जेठ १६ गते भन्दा पछि अफिस भिजिट डेट पाएका सेवाग्राहीले अब नयाँ आवेदन दिनुपर्ने भएको छ । नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ ।
साथै लाइसेन्सको वर्ग थप गर्न चाहनेहरूको लागि भने आउँदो जेठ २३ गतेबाट अनलाइन आवेदन खुलाउने विभागले जनाएको छ ।
यो पनि पढ्नुहोस्
सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
बढ्यो शिक्षकको तलब, कुन तहको कति ?