६ वटै महानगरमा बढारियो एमाले



काठमाडौं । २०७४ सालको स्थानीय तहको निर्वाचनमा देशका ६ महानगरमध्ये २ वटामा एमालेले जितेको थियो । काँग्रेसले २, माओवादी केन्द्रले १ र तत्कालीन संघीय समाजवादी फोरमले १ स्थानमा जित हात पारेका थिए ।

काँग्रेसले यसअघि जित हात पारेको ललितपुर र विराटनगर महानगर सुरक्षित गरेको छ । उता वीरगञ्जमा यसअघिको संघीय समाजवादी फोरम र हालको जसपाले पनि आफ्नो सिट जोगाउन सफल भएको छ ।

यस्तै माओवादी केन्द्रले भरतपुर महानगरपालिका पनि जोगाउन सफल भएको छ । एमालेले जितेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले र पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुने निश्चित भएको छ । महानगरपालिकाको नेतृत्वबाट एमाले बाहिरिन पुगेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार