काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन् ।
नेकपा एमालेका उम्मेदवार एमालेका नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेनु मेयर भएकी हुन् । यहाँ रेनुले ५२०३० मत ल्याउँदा सुवेदीले ३९५८१ मत ल्याएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन् ।
उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार