भरतपुरमा रेनुले बढाइन् मतान्तर, विजयभन्दा नौ हजार आठ सय ७२ मतले अगाडि



चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो पार्दै लगेकी छन् ।

अहिलेसम्म एक लाख ८ हजार ४५ मत गणना हुँदा दाहालले ४३ हजार चार सय ८४ मत ल्याएकी छन् ।

यहाँ नेकपा एमाले(राप्रपा गठबन्धनका उम्मेदवार एमालेका विजय सुवेदी पछि परेका छन् । सुवेदीले अहिलेसम्म ३३ हजार छ सय १२ मत ल्याएका छन् । रेनु र विजयबीच नौ हजार आठ सय ७२ मतको फरक छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार