
चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्।
उनले एमालेका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्। हालसम्म ९० हजार ३ सय ८ मतगणना भएको छ भने अब करिब ३७ हजार मतगणना गर्न बाँकी छ।
प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार