व्यासको मेयरमा पछि परे दीपकराज, यस्तो छ पछिल्लो मत परिणाम



तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिएका छन्। न्यौपानेले २४ हजार तीन सय ८७ गणना गर्दा ९ हजार ८ सय २२ मत ल्याएका छन्।

उनलाई स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पछ्याइरहेका छन्। जोशीले नौ हजार ६ सय ६ मत ल्याएका छन्। अब पाँच हजारभन्दा बढी मत गणना गर्न बाँकी छ।

नेकपा एमालेले पनि मेयरमा स्वतन्त्र उम्मेदवार जोशीलाई समर्थन गरेको थियो।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार