व्यास नगरपालिकाको मेयरमा जाेशीको अग्रता



तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता बनाएका छन् । गोविन्दराज जोशीका छोरासमेत रहेका जोशीले ७ हजार ७५१ मत ल्याएका हुन् । उनले नेकपा एमालेसँग तालमेल गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वैकुण्ठ न्यौपानेले ७ हजार ७०६ मत ल्याएका छन् । हालसम्म १९ हजार १७६ मत गनिसकिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार