बागमती प्रदेशमा ११९ मध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आयो [सूची]



काडमाडौं । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तह रहेका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा यी मध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आएको छ।

११४ पालिकाको अन्तिम मत परिणाम आउँदा नेपाली कांग्रेसले सबैभन्दा बढी ५६ पालिकामा प्रमुख पद जितेर पहिलो स्थानमा छ । यस्तै, नेकपा एमालेले २६ पालिकामा प्रमुख जित्दा नेकपा माओवादी केन्द्रले २५ पालिमा प्रमुख जितेको छ।

नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित ५ पालिकामा प्रमुख पद जितेको छ भने नेपाल मजदुर किसान पार्टी र राप्रपाले समान १–१ पालिकामा प्रमुख पद जितेका छन्।अब बागमती प्रदेशमा ५ वटा पालिकाको नतिजा आउन बाँकी छ।

यस्तो छ बागमतीमा अहिलेसम्म नतिजा आएका पालिकाको विवरण

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार