काठमाडौं महानगर : बालेनको अग्रता झन् फराकिलो, स्थापितभन्दा १४५२१ मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता कायमै रहेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा १४५२१ मतान्तरले बालेन अगाडि रहेका छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ३०८५८ मत ल्याउदा स्थापितले १६३३७ मत पाएका छन् । उनीहरु दुवैलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले १५९६० मत साथ पछ्याइरहेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्टले १७९०, स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२३५, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले २०४ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार