यी हुन् कांग्रेसले जितेको ३०० पालिका [सूची]



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम अनुसार हालसम्म ६७१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जसम्ध्ये सत्तारूढ दल नेपाली कांग्रेसले सर्वाधिक ३०० पालिकामा प्रमुख पद जितेको छ। जसमध्ये ११६ वटा नगरपालिका र १८४ वटा गाउँपालिकामा प्रमुख पद हात पारेको हो।

सबैभन्दा बढी प्रदेश १ मा १८ नगरपालिकासहित ६१ पालिकामा प्रमुख पद जितेको कांग्रेसले मधेश प्रदेशमा २१ नगरसहित ३८ पालिकामा प्रमुख पद जितेको छ।

यस्तै बागमती प्रदेशमा २१ नगरपालिकासहित ५५ पालिका जितेको कांग्रेसले गण्डकीमा ३५, लुम्बिनीमा एक उपमहानगरसहित ४३ पालिका, कर्णालीमा ३२ पालिका र सुदूरपश्चिम प्रदेशमा ३६ पालिकामा प्रमुख पद जितेको छ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले २६६ पालिकामा प्रमुख पद जितेको थियो। यसपटक सत्ता साझेदर दलसँग गठबन्धन गरेको कांग्रेसले पालिकामा विजयी संख्या पनि बढाएको हो।

हेर्नुहोस् कहाँ कहाँ जित्यो नेपाली कांग्रेसले (सूची)

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार