पाँच किसान संगठनकाे माग कृषकलाई राहत देउ ! कालाेबजारि नियन्त्रण गर !



विभिन्न दल निकट पाँच किसान संगठनले किसानलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन । पाँच संगठनले संयुक्त वक्तव्य निकाल्दै सरकारसँग विभिन्न माग राखेका छन यस्तो छ विज्ञप्ति

संयुक्त किसान बक्तब्य
बिश्वमा फैलिको कोरोना भाइरस(कोभिड–१९०)को महामारीले नेपाल समेत आक्रान्त बन्दै गएको र त्य संक्रमक बिश्वब्यापी ब्यधाीबाट जोगिन र फैलिन नदिन सरकारले देशलाई लक डाउन गरी नागरिकलाई घरमै बस्न र समाजिक दूरी कायम राख्न बिशेष जोड दिइरको छ । यस सन्दर्भमा निश्चत र निम्न आयबर्गका मानिसहरु दैनिक जीवन गुजाराकै निम्त्रि ठूलो समस्या उत्पन्न हुँदै जाने देखिएको छ र आम जनता रोगको साथै भोकको पनि अत्यन्तै ठूलो संकटमा पर्ने खतरा पैदा भएको तथा ब्याप्त आर्थिक मन्दी अझ चर्किने र अथब्यबस्था नै अपूर्बरुपमा अस्तब्यस्त भएर जाने भएकाले यी जेलिएका जटील समस्या हल गर्न हामी बिभिन्न पाँच किसान संगठनका तर्फबाट बिशेष ध्यानाकर्षण गर्दै तत्कालै ठोस कदम चाल्न जोडदार माग गर्दछौं :
(१) लकडाउन भए पछि दैनिक ज्यालादी गरिखाने कृषि श्रमिक र ठूलो संख्यामा रहेका साना किसानहरु ठूलो समस्यामा परेका छन् । उनीररुको दैनिक गुजारा नै संकटमा परेर उनीहरुका बालबच्चा, महिला र बृद्धबृद्धा समस्या पर्न गइरहेको र उनीहरु ‘भाइरस र भोक’ दुबैसँग सँगसँगै लड्नुपर्ने स्थिति आएको कुरालाई गम्भीर र संबेदशील भएर सरकारले लेओस् र श्रमजीवी मजदुर किसानको जीवन रक्षा गर्ने र रोग फैलिन र लाग्न पनि नदिने अझ बढी ठोस उपाय गरोस् भन्ने बिशेष माग गर्न चाहन्छौ । यसका लागि सरकारले संकटकाीलन बिशेष राहत प्याकेज घोषणा गरोस्, बैंक ऋणको किस्ता स्थगित गरोस् र ब्याज मिनाहा गरोस् र किसानहरुलाई बिशेष उत्पादन बृद्धि सहुलियत र सुबिधा प्रदान गरोस् ।

(२) किसानको उपजहरु खेतबारीमा सड्ने र उत्पादित बस्तुले बजार पनि नपाउने अनि आम उपभोक्ताले कृषि उपज एकदमै महँगोमा किन्न पर्ने स्थितिलाई समेत गम्भीररुपा मध्यनजरमा राखेर सरकारले कृषि उपज खेतबारीबाट घरमा भित्र्याउन, त्यसको किसानले उचित र लाभकारी मूल्य पाउन र उपभोक्ताले सुलभ पाउन र चर्को मूल्य ठगिने स्थितिबाट जोगाउन बिशेष र ठोस कदम चालोस् भन्ने पनि हामी जोडदार माग गर्दछौं । साथै कृत्रिम अभाव, तस्करी र कालोबजारीमाथि कडा निगरानी र कडा कारबाही गरियोस् र भ्रष्टाचार रोकियोेस् भन्ने कुरा पुनः दोहो¥याउन चाहन्छौं ।

(३)कृषिलाई पनि अत्याबश्यक सेवा अन्तरगत राखिएकोले संक्रामक रोग कोरानाबाट जोगिदै अत्याबश्यक सेवालाई चरितार्थ र सार्थक तुल्याउन र भाइरसको महामारीकासाथै भोकको महामारीबाट पनि जनतालाई जोगाउन उत्तिकै ध्यान दिन युद्ध स्तरमै उच्च प्राथकिता दिन बिशेष जोड दिन्छौ र उत्पादन क्षेत्रलाई सुचारु तुल्याउन थप माग गर्दछौं

(४) बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न हुने मन्दी र आधारभूत आबश्यकताका नभइ नहुने बस्तुहरुमा हामी आफै आत्मनिर्भर हुनुपर्ने आवश्यकताले हामी अहिलेदेखिनै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अझ ठोस र ब्यवहारिक नीति लिएर हिड्न पर्ने झन् टड्कारो बन्न गएको दर्शाउँदै सरकार, अर्थबिद् र बिशेषज्ञहरु यसतर्फ केन्द्रित हुन र आर्थिक पुनर्निर्माणका निम्ति नीति निर्माण र कायान्वयनका लागि बिशेष र जोडदार आग्रह पनि गर्दछौ ।

(५) आज देश महामारीको कारणले संकटमा परेका बखत सबै खालका हो हल्ला, अन्धबिश्वास, भावनात्मक उत्तेजना र आबेगबाट मुक्त रहेर गाउ शहर सबैतिर फैलिएको र फैलिने सम्भावना रहेको महामारीबाट देश र जनतलाई जोगाउन जिम्मेवार राजनीतिक दल, जनताका बिभिन्न सचेत तह र तप्काका प्रतिनिधि र सामाजिक संगठनहरु अरु कहिल्यैभन्दा जागरुप, एकताबद्ध र कृयाशील हुनुपर्ने आबश्यकता औंल्याउँदछौ र यसको लागि सरकारले बिशेष पहल तुरुन्तै लेहोस भन्ने पनि जोडदार माग गर्दछौ ।

अखिल नेपाल किसान महासंघ(अप्फो)
अध्यक्ष, भैरब रेग्मी
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)
अध्यक्ष, सीताराम तामाङ्ग
अखिल नेपाल किसान यूनिय
अध्यक्ष, लोकनारायण सुबेदी
अखिल नेपाल प्रगतिशील किसान संघ
कृष्ण राना
फ्याक्ट नेपाल
प्रतिनिधि, गंगादेबी राई

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार