काठमाडौं महानगरमा वालेनको फराकिलो अग्रता कायमै



काठमाडौं । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता कायमै राखेका छन् ।

बिहीबार ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ७४१ मत ल्याउँदा स्थापितले १३ हजार ३०७ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२३९० मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६४ हजार ५ सय ७९ मतगणना भैसकेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार