व्यासको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको सुरूवाती अग्रता



तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरूवाती अग्रता लिएका छन्। आज बिहानसम्मको मतगणनाअनुसार जोशी ३३९ मतसहित अघि छन्।

यहाँ ६७५ मत गणना गर्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार बैकुन्ठनाथ न्यौपाने पछि परेका छन्। न्यौपानेले २०२ मतसहित जोशीलाई पछ्याइरहेका छन्।

पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई व्यासको मेयर उम्मेदवारमा नेकपा एमालेले पनि समर्थन गरेको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार