परराष्ट्रमन्त्रीलाई कांग्रेसका सहमहामन्त्री महतको फाेन, भारतमा रहेका नेपालीको विषयमा चासो !



mahat

काठमाडौं चैत १८ |नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरन महतले भारतमा मुस्लिम धर्मको एउटा कार्यक्रम सेक्ट तबलिगी जमातको भेलामा २० जना नेपालीहरु सहभागी भएको भन्दै ती नेपालीहरु भारतमा छन या नेपाल फर्किसके भनेर परराष्ट मन्त्री प्रदिप ज्ञावालीलाई फोन गरेर ध्यानाकर्षण गराएका छन । सो कार्यक्रम भारतको न्यू दिल्ली को निजामुदिंन मा भएको थियो । मुस्लिम धर्मको उक्त कार्यक्रमा २० नेपालीहरू सहभागी भएको र उक्त भेलामा कोरोनाको प्रकोप फैलियाको खबर ABP न्यूज़ मीडियाले दिएपछि डाक्टर महतले परराष्ट्र मन्त्री प्रदिप ज्ञावालिलाई फोन गरेको उनका सहयोगी अनुराग शाहले जानकारी दिए।

नेपाली कांग्रेसका सहमहामन्त्री महतले मुस्लिम धर्मको उक्त कार्यक्रममा को को नेपाली सहभागी थिए? उनीहरु अहिले भारतमा छन या नेपाल फर्किसके भनेर सरकार सँग केही जानकारी छ या छैन भनेर परराष्ट्र मन्त्री ज्ञावालीलाई प्रश्न गरेका थिए। पुर्व परराष्ट्र मन्त्री महतको प्रश्नको जवाफमा परराष्ट्र मन्त्री ज्ञावालीले १२ बजे भित्र जानकारी गराउने बताएको डाक्टर महतका सहयोगि शाहले बताए। कांग्रेस सहमहामन्त्री डाक्टर महतले मन्त्री ज्ञावाली सँग फोन संवाद गरे लगत्तै आफ्नो सामाजिक संजाल मार्फत पनि सरकारलाई उक्त घटनाको ध्यानाकर्षण गराएका छन। उनले मुस्लिम धर्मको उक्त कार्यक्रममा सहभागी नेपालीहरु नेपाल फ़र्किसकेको भए ती नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने या नेपाल फर्किदै छन भने सिमाबाटै उनीहरुलाई अलग बनाएर क्वारेन्टाइनमा राख्न माग समेत गरेका छन।

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार