
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई अग्रता बढाएका छन् । २१ हजार २ सय ३१ मत गन्दा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिना लामाले ६६१९ मत पाएर अगाडि छन् ।
उनलाई राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मतसहित पछ्याइरहेका छन् । एमालेका उम्मेदवार अनन्त पौडेलले ५५१० मत पाएका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार