काठमाडौं महानगर : केशव स्थापितभन्दा बालेन ३६५८ मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता कायम रहेको छ ।

पछिल्लो मत परिणामअनुसार बालेनले ७७७१ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४११३ मत पाएका छन् । यस्तै, गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३५७३ मत ल्याएकी छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनले ६३४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिनिता मगैया १३४५ मत ल्याएकी छन् ।

विजय सुवेदीले ४९५३ र पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ४९३० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २२९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायम रहेको छ । उनले ५९१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३९६५ मत पाएकी छन् ।

महानगरको वडा अध्यक्षतर्फ एमालेका भानुभक्त सापकोटाले ९२७ र कांग्रेसका अर्पण पोखरेलले १४३४ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार