मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी



मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले ५ हजार ५ सय ९१ मत प्राप्त गर्दा स्याङ्तानले ५२०९ मत प्राप्त गरे। लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा एमालेकी पार्वती रानाले ५ हजार २९९ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार