पोखरामा एकीकृत समाजवादीले बढायो अग्रता



पोखरा । पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउन थालेका छन् । ८ हजार ६ सय ९३ मत गणना हुँदा आचार्य ३ सय ५७ मतान्तरले अगाडि बढेका छन् । यसअघि ४ हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा १ सय ४३ मतले अग्रता कायम गरेका आचार्यले थप मतान्तर बढाएका हुन् ।

पोखराको ८ हजार ६९३ मत गणना हुँदा आचार्यले ३ हजार ४६५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार १०८ मत पाएका छन् । गठबन्धनबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङभन्दा २५ मतले अगाडि छन् । मञ्जुदेवीले ३ हजार ५७५ मत ल्याउँदा कांग्रेसकी रानाभाटले ३ हजार ६०० मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार