हेटौंडामा राप्रपाका सिंहले लिए अग्रता



हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले २७१० मत ल्याउँदै अग्रता लिएका हुन्। उनलाई पछ्याउँदै सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले २६६९ मत पाएकी छन्।

त्यस्तै नेकपा एमालेका अनन्त पौडेलले २४३४ मत पाएका छन्। यस्तै उपमेयरतर्फ सत्ता गठबन्धनले अग्रता बढाएको छ। गठबन्धनका उम्मेदवार कांग्रेस नेता राजेश बानियाँले ३९८२ मत ल्याएका छन्।

उनलाई एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३०१६ मत ल्याएर पछ्याइरहेकी छन्। राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ८०३ मत पाएकी छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार