काठमाडौं महानगर : उप-मेयरमा सुनितालाई अन्य प्रतिस्पर्धीले टक्कर दिन सकेनन्



काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख (उप–मेयर) मा सुनिता डंगोलले आफ्नो मतलाई झन् रफ्तारमा अघि बढाएकी छन् ।

उनले अन्य प्रतिस्पर्धीलाई पुच्छारमा छाड्दै अघि बढेकी छन् । हालसम्म उनले ३५९१ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धीहरु नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेश्वर श्रेष्ठले १०२७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिनिता मगैयाले ७६२ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत ल्याएकी छन् ।

अहिलेको प्रारम्भिक मतगणनालाई हेर्ने हो भने सुनिताको जीत निश्चितजस्तै भएको छ । किनकि अन्य प्रतिस्पर्धीले उनलाई टक्कर दिन सकेको देखिँदैन ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार