
ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता कायमै छ । जारी मतगणनामा वडा नं. १ घुसेलबाट खसेको ११२३ मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन ५८५ मतसहित अग्रस्थानमा छन् । यस्तै नेकपा एमालेका नवराज सञ्जेल ४८६ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भक्तबहादुर दर्लामी मगर ५६३ मतसहित अगाडि छन् । एमालेकी नमुना दोङ ४२६ मतसहित दोस्रो स्थानमा छिन् । वडा नं. १ घुसेलको अन्तिम परिणाम आइसेको छ । घुसेलमा गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार ज्ञान बहादुर लोको प्यानलै विजयी भएको छ ।
यस गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस बीच गठबन्धन छ । कुल मतदाता संख्या १२,३२८ रहेको यस पालिकामा हिजो भएको निर्वाचनमा ९,५११ मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार