झाँक्रीडाँडामा साईकल सहित भिरमा खस्दा दुई यात्रीकाे मृत्यु !



ललितपुरकाे बागमती गाउँपालिका वडा नम्बर ३ स्थित झाँक्रीडाँडा भन्ने ठाउँमा दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउने साइकलयात्री भएको बुझिएको छ । सडकबाट साइकल सहित भिरमा खसेर ज्यान गएको स्थानीयले बताएका छन । मृतकहरु भारतीय नागरिक भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार