माओवादी केन्द्रका नेता पुन र शर्माबीच भेट,कार्यकर्ता उत्साहित



काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेताहरू वर्षमान पुन र जनार्दन शर्माबीच भेट भएको छ । दुई नेताबीच सिंहदरबार नजिकै रहेको बसेरा होटेलमा भेट भएको जनाइएको छ ।

पूर्वअर्थमन्त्री पुन र अहिलेका अर्थमन्त्री शर्माबीच आगामी आर्थिक वर्षको बजेटका बारेमा छलफल भएको छ । माओवादी केन्द्रमा महासचिवका दाबेदार रहेका पुन र शर्मा एउटै टेबलमा खाना खाँदै गरेका छन् ।

पछिल्लो समय पुन र शर्माको बीचमा सम्बन्ध राम्रो छैन भन्ने चर्चा चलिरहेको अवस्थामा यी दुईको भेटले कार्यकर्ता उत्साहित भएका छन् । सार्वजनिक रुपमै एकअर्का विरुद्ध खनिन थालेका दुई नेताबीच सम्बन्ध सुधारको प्रयास भएको अड्कलबाजी गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार