
काठमाडाै । दिनदिनै बिहान खाली पेट लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्छ । लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् । भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा.अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् ? लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ।यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ ।
अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् । लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ । यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ । यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ । यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ । यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन् ।
यो पनि,यस्ता रोगलाई एकै झट्कामा च्वाट बनाउँछ गाईको घिउँले, मानिन्छ यस्ता रोगको लागि अचुक रामबाण औषधि, गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यसका अन्य फाइदा पनि जानिराखौं ।
कानको पीडा कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।
हातगोडा पोल्ने हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ ।
बाडुली लामो समयसम्म बाडुली लागेर समस्या आएमा आधी चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।
कपाल झर्ने कपाल झर्ने समस्या आजकल धेरैले भोगिरहेका छन् । धेरै महिलाहरू यसबाट ग्रस्त छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।
एसिडिटी एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुपर्छ । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ ।
कमजोरी महसुस हुन्छ भने यदि तपाईलाई धेरै कमजोरी छ भने, आधा चम्चा गाईको घिउँ र चिनी मिश्री वा मह एक गिलास दुधमा राख्नुहोस् र यसलाई दिनहुँ खाने गर्नुहोस् ।
बाथ,पित्त र कफ बाथ,पित्त र कफ सम्बन्धित कुनै समस्या छ भने तपाईको नाकमा गाईको घिउँका केही थोपा हाल्नुहोस्। तपाईले यसबाट फाइदा लिनुहुनेछ।
हड्डिलाई मजबुत राख्न गाई घिउँ घिउँमा क्याल्शियमको अतिरिक्त भिटामिन के पनि हुन्छ जसले हड्डीहरू बलियो राख्न मद्दत गर्दछ।