कपिल सरले छात्रालाई ‘ब्लु फिल्म’ देखाएपछि……



नवलपरासी । शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका छन् । नवलपरासी जिल्लाको गैँडाकोट– ५ स्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले तोडफोड गरेका हुन् ।

उनिहरुले शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै प्रधानाध्यापक तथा शिक्षकको मोटरसाइकल जलाएका छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीले विद्यालयमा समेत तोडफोड गरेका छन् ।

घटना चैत २८ गते घटेको विद्यार्थीले बताए पनि र २९ गते विद्यालयबाट घर जाने बेलामा विद्यार्थीले उक्तकुरा म्यामलाई भनेको र प्रधानाध्यापकलाई २९ गते बेलुका मात्र आफुलाई भनिएको प्रधानाध्यापक चुणामणी शर्मा कंडेलले बताए । उनले विचमा नयाँ वर्षको विदा भएको र २ गते विद्यार्थीसँग कुरा गर्न खोज्दा विद्यालयमा नआएको, ३ गते शनिवार भएको र ४ गते केही विद्यार्थीहरु र शिक्षकहरुलाई राखेर कुरा गर्दौगर्दा अचानक विद्यालयमा तोडफोड भएको बताए ।

प्रधानाध्यापक चुणामणी शर्मा कंडेलले बताए अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई (नाम नखुलाउने सर्तमा) कोही व्याक्तिले न्याकेट तस्विर पठाएर ब्ल्याक मेल गरेर टर्चर दिएपछि उनले कम्प्युटर शिक्षकसँग सहयोग मागेको बताए । उनले कम्प्युटर शिक्षकलाई साथीको तस्विरमा आफ्नो टाउको जोडेर नाङ्गो तस्विर बनाएको बताए पनि पछि उक्त तस्विर आफ्नै रहेको र आफैले पठाएको भन्दै स्विकारेको समेत जानकारी दिए ।

कम्प्युटर शिक्षकले विद्यार्थीको मोबाइलमा रहेको तस्विर कस्को भनि पत्ता लगाउन कम्प्युटर ल्याबमा गएर कम्प्युटरमा मोवाइल जोडेर हेरेको र हेर्दा अरु शिक्षकहरु पनि त्यहाँ जाने आउने गरेको सिसि क्यामराबाट देखिएकोले शिक्षकले त्यसो नगरेको हुन सक्ने बताए । तर, शिक्षकले त्यसो नगरी कम्प्युटरमा पोर्न फिल्म देखाएको विद्यार्थीको आरोप छ । आरोपित शिक्षकले विद्यार्थीकै मोवाइलमा भएको फोर्न फिल्म कम्प्युटरमा देखिएको बताउदै आएको कंडेलले खबर एजुकेशनलाई जानकारी दिए ।

त्यसैगरी यसबारेमा विद्यार्थी र शिक्षक विच म्यासेन्जरमा लामो कुरा भए पनि म्यसेन्जरमा कुनै पनि गलत कुरा नगरीएको र शिक्षकले विद्यार्थीलाई सहयोग गर्ने भनेर भनिएको उनले बताए ।

प्रधानाध्यापकले विद्यालयभित्रै घटना मिलाउन खोजेको, विद्यालय प्रशासनले ढाकछोप गर्न खोजेको विद्यार्थीले आरोप लगाएकाछन् । साथै शिक्षकलाई बचाउन खोजेको र उल्टै विद्यार्थीलाई आरोप लगाएको भन्दै आक्रोशित हुँदै नाराबाजी गरेको र तोडफेड गरेका छन् । अहिले आरोपित शिक्षक प्रहरी हिरासतमा छन् भने सत्य तथ्य पत्ता लगाउन विद्यार्थीलाई जाहेरी दिन भनिएको छ ।

घटनामा नियन्त्रण लिने क्रममा इलाका प्रहरी कार्यालय गाडाकोट प्रहरी निरीक्षक सहित १० जना घाइते भएको जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बताएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार