एमाले प्रवेश गरे माओवादी केन्द्रबाट वडाध्यक्ष जितेका आङ्बुहाङ



ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट वडाध्यक्ष जितेका आठराई त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष आङ्बुहाङ एमालेमा प्रवेश गरेका छन् ।

आङ्बुहाङलाई बुधबार एमाले पोलिटव्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य तथा प्रदेश सहईन्चार्ज टंक आङ्बुहाङ, प्रदेश सदस्यहरु, जिल्ला अध्यक्ष लगायतले पार्टीमा स्वागत गरेका छन् ।

आठराई त्रिवेणी गाउँपालिकामा आयोजित पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको अवशरमा उनी सहित अन्य नेताहरु एमाले प्रवेश गरेको अनेरास्ववियूका नेता नारद गुरागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार