चितवनमा शसक्त बन्याे काँग्रेस, भरतपुरमा रिजालकाे तयारी



भरतपुर । स्थानीय तहकाे निर्वाचनले माहाेल तातिरहेको बेला सत्ता साझेदार दलहरुबीच चुनावी तालमेलकाे बहसले ब्यापकता पाइरहेको छ । २९ वटा वडा रहेकाे भरतपुर महानगरमा गत निर्वाचनमा १३ वटामा काँग्रेस, १३ वटामा एमाले र ३ वटामा माओवादीका उम्मेदवारले जीत हासिल गर्न सफल भएका थिए । यस महानगरकाे प्रमुख र उपप्रमुख पदका लागि भएको २०७४ सालकाे स्थानीय निर्वाचनमा भने काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो । वटामा तालमेल बिनै चुनाव लड्दा पनि त्यतिवेला केही वडामा काँग्रेस ८/१० मतकाे मात्रै अन्तरले उपविजेता भएको थियाे ।

केन्द्रीय तहबाट चुनावी तालमेलकाे बहस चलाउँदै गर्दा चितवनमा भने काँग्रेसका नेता तथा कार्यकर्ताहरु यसकाे विपक्षमा उभिएका छन् । गत स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेर माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाललाई नगरप्रमुखकाे उम्मेदवार बनाएर हाँसिया हथाैडामा भाेट हाल्न लगाएका कारण केन्द्रीय नेतृत्वसंग रुष्ट बनेका काँग्रेसका कार्यकर्ताहरु यस पटक गठबन्धन गर्ने पक्षमा छैनन् । सत्तासीन दलहरुबीच चुनावी तालमेलकाे कुरा र माओवादी अध्यक्ष प्रचण्डले भरतपुरमा रेणु दाहाललाई नै प्रमुखमा दाेहाेर्याउने चाहाना राखिरहँदा चितवनमा काँग्रेसका नेताहरु महानगरकाे नेतृत्वका लागि व्यापक तयारी गरिरहेका छन् । महानगरकाे नेतृत्वका लागि आकाँक्षा राख्नेहरुमध्येमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष निलकण्ठ रिजाल पनि एक हुन् ।

लामाे समयसम्म बिद्यार्थी राजनीतिमा सक्रिय नेता रिजाल एक इमानदार र निष्ठावान व्यक्तित्व हुन् । विद्यालय तहदेखि नै नेविसंघको राजनीतिमा सक्रिय रहेर काम गरेका रिजाल नेपाल विद्यार्थी संघकाे केन्द्रीय सहमहामन्त्री हुँदै केन्द्रीय उपाध्यक्षसम्म हुन सफल भए । इमानदारीता, त्याग र निष्ठाकाे राजनीतिलाई अनुशरण गर्ने नेता रिजाल पार्टीको केन्द्रीय तहमा शेखर काेइराला निकट छन् । “शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर ” भन्ने नारा सहित महानगरको नगरप्रमुखमा उम्मेदवारीका लागि तयारी गरिरहेका युवा नेता रिजाल काँग्रेस पार्टीभित्र लाेकप्रिय व्यक्तितब हुन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसको तर्फबाट भरतपुर महानगरमा रिजालको मेयरको दाबेदारीलाई निकै अर्थपूर्ण ढंगबाट हेरिएको छ। कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छबी बनाएका रिजाल बिगत केही बर्षदेखि जिल्ला केन्द्रित राजनितिमा सक्रिय छन् । नेपाली काँग्रेसकाे १४औ महाधिबेशनबाट केन्द्रदेखि स्थानीयस्तरसम्म यूवा पुस्ता नेतृत्वमा हावी हुँदा पार्टीप्रति जनताको बिश्वास र भरोसा बढेको छ । अहिले स्थानीय तहकाे निर्वाचनमा पनि यूवालाई उमेदवार बनाउँदा निर्वाचनमा जित हासिल गर्न सजिलो हुने धारणा अहिले सबै जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरुमा रहेको देखिन्छ ।

मिलनसार स्वभावका युवा नेता रिजाल बाैद्धिक र भरोसा योग्य ब्यक्तितब हुन् । पार्टीभित्र पद र अवसर नपाउँदा पनि कुनै न कुनै माध्यमबाट क्रियाशील रहेर दैशैभर आफ्नाे पहिचान र छुट्टै छाप स्थापित गर्न सफल रिजाल बारम्बार राजनीतिमा अवसर पाउँदै परिक्षण भैसकेका पुराना अनुहार भन्दा फरक, नयाँ, जोश र जाँगर भएका सक्रिय प्रभावशाली व्यक्तित्व हुन् । इमानदार र भरोसा योग्य उम्मेदवार पाउँदा भरतपुर महानगरमा जित हासिल गर्न सहज हुने जिल्लाका काँग्रेसी नेताहरु बताउँछन् ।

नेपाली काँग्रेसकाे बिधान, नियमावली र निर्देशिका अनुसार देश भरका ६ वटा महानगरको उम्मेदवार चयन गर्ने जिम्मेवारी कांग्रेसको केन्द्रीय समितिमा नै रहेको छ। नेपाली कांग्रेसको बर्तमान केन्द्रीय समितिमा अधिकांश नेविसंघकाे राजनीतिबाटै उदाएका ब्यक्तिहरुको बाहुल्यता छ। युवा नेता रिजाल पनि लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्त्वपूर्ण पदमा बसेर काम गरिसकेको हुनाले कांग्रेस केन्द्रिय समितिका धेरै नेताहरुसंग रिजालको अत्यन्तै राम्रो र निकट सम्बन्ध छ। तसर्थ कांग्रेस केन्द्रीय समितिको अधिकांश नेताहरु रिजालको पक्षमा रहन सक्ने कारणले गर्दा भरतपुर महानगरको प्रमुख पदकाे उम्मेदवारीकाे टिकट रिजालले पड्काउन सक्ने जिल्ला नेताहरुको बुझाइ देखिन्छ ।

चितवनको भरतपुरमै जन्मेर, भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरबासीको बास्तबिक समस्या आफुले बुझेको बताउँछन् रिजाल । महानगरबासीको मन जित्ने गरी काम गर्ने सक्ने क्षमता आफूमा भएको रिजालको दाबी छ। त्यसैले उनी भरतपुर महानगरको समग्र बिकासका लागि अभियान नै लिएर अगाडि बढेका हुन् । देशको मध्य भागमा रहेको भरतपुरलाई देशकै नमुना शहर बनाउने आफुसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार