
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकहरुको परीक्षामा मोबाइल लैजान निषेध गरेको छ।
आयोगले मंगलबारदेखि विभिन्न तहको परीक्षा सञ्चालन गरिहरेको छ। शिक्षक आयोगले विद्यालय तहका माध्यामिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा चैत १५, १७, १९ र २१ गतेका लागि निर्धारण गरेको छ।
आयोगले बुधबार परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने निर्देशन प्रवेशपत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले लिएर गएपछि सूचना जारी गर्दै बिहीबारदेखि हुने परीक्षामा नलैजान भनेको हो।
आयोगले फोन मात्रै नभइ एलेक्ट्रोनिक डिभाइससमेत नेबोक्न भनेको छ।
प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार